tr.istanbulbeylikduzuescort.com
tr.istanbulbeylikduzuescort.com
tr.istanbulbeylikduzuescort.com
काठमाडौं । भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको का’रवाहीमा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले ह मला गरेको दावी गरेको छ । बिहीबार राति भएको सो घटनामा सम्बर गुरुङको निधन भएको भारतीय सेनाले जनाएको छ।
उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ। उक्त घटनामा घा’इते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै निधन भएको बताइएको छ । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च ब’लिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।
‘पाकिस्तानले दु’ई रा उन्ड फा’यर ग¥यो, यो गुरुङ बसेको ब’न्कर नजिक आइपुग्यो । बंकरको प्वा’लबाट छि’रेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चो ट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान ब’चाउन सकिएन ।’ यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा का’रवाही सुरु गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए ।
भारतको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सिमानाका विषयमा भारतको सबै छिमेकी मुलुकसंग राम्रो छैन । केही दिन अघि चीनसंगको घटनामा भारतीय सेनाका कर्णेल सहित २० जनाको निधन भएको थियो । नेपालसंग पनि पछिल्लो समय सिमानाकै कारणले सम्बन्ध विग्रिएको छ ।