प्रचण्ड लाई आईसोलेसनमा राख्ने तयारी +20 +20

राजनीति

beylikdüzü escort, istanbul escort, istanbul beylikdüzü escorttr.istanbulbeylikduzuescort.com

beylikdüzü escort, istanbul escort, istanbul beylikdüzü escorttr.istanbulbeylikduzuescort.com

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आईसोलसनमा राख्ने तयारी गरिएको छ । एकपटक परीक्षण गरिएपनि प्रचण्डको कोरोना परीक्षण फेरि गरिने भएको हो । शुक्रवार निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्ड सोमबार विहान काठमाडौं फर्किदैछन् । काठमाडौ फर्केलगतै उनको कोरोना परीक्षण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

अध्यक्ष प्रचण्डले चितवनमा धेरै मानिसहरुसँग भेटघाट गरेका थिए । चितवनमा कोरोना भाइरसको महामारी फैलिएको छ । महामारी फैलिएको क्षेत्रबाट फर्केका कारण उनको स्वास्थय परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था कमजोर रहेको र देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नियमित भेटघाट गर्नूपर्ने भएका कारण उनको स्वास्थ्य परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

राजधानी काठमाडौं फर्केलगतै प्रचण्डले प्रधानमन्त्री ओली, राष्टपति, आफ्नै दलका नेताहरुसँग नियमित भेटघाट गर्नेछन् । उनको सक्रिय राजनीतिका क्रममा राज्यको प्रमुखहरुसँग भेटघाट हुने गर्दछ । उनीमाथी कोरोनाको संक्रमण देखिए राज्यका माथिल्लो तहमा सर्ने आशंकाले स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रचण्डले केही समयअघि कोरोनाको पीसिआर परीक्षण गरेका थिए । तर चितवनमा सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनसक्ने आशंकामा परीक्षण गर्न लागिएको हो । तर प्रचण्डको सचिवालयले चितवनमा पनि सक्दो सजगता अपनाएको बताएको छ ।

केही समयअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोनाको आशंकामा आइसोलेशनमा बसेका थिए । उनको रिपोट नेगेटिभ आएपछि आइसोलेशनबाट बाहिर आएका थिए । नेकपा नेता भीम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो ।

{ भित्रको विवाद उत्कर्षमा पुगे ] गृह जिल्ला पुगेर अघोषित रुपमा पार्टीभित्रको विवाद साम्य भएको घोषणा गरको छन् । प्रचण्डले पार्टीमा देखिएको विवादमा समझदारीको संकेत देखिएको बताएका हुन् ।

पार्टीमा विवाद चर्किरहेका बेला गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु समेत रहेको बताए । वाम वामबन्धन गरेका तत्कालीन दुई दलले पार्टी एकता गर्ने संकल्पका साथ साझा उम्मेदवार र घोषणापत्र बनाएर जनतामा गएको र त्यसलाई असाधारण विश्वास गरेर दुई तिहाई नजिक बहुमत दिएको बताए ।

अध्यक्ष प्रचण्डले देश र पार्टी दुर्घटनामा जाने गतिविधि हुन नदिन आफूले पहल गर्ने बताएका छन् । आज गृहजिल्ला चितवनको माडी पुगेर कार्यकर्ता भेटघाटमा अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने बताएका हुन् ।

यसलाई कसैले कमजोर पार्न नहुने भन्दै उनले भने, ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धर्यतमापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ दनालसहितका नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न दबाब दिएका थिए । तर ओलीले दुबै पद नछाड्ने बताएपछि नेकपा फुटको संघारमा पुगेको मानिएको थियो । प्रचण्डले त्यसतर्फ संकेत गर्दै भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’

पार्टीमा संकत देखिएको र यसलाई हल गर्न सहज पनि नभएको उनले बताए । तर कुनै न कुनै समझदारी र सहमति हुने संकेत मिलेको भन्दै उनले भने, जतिसुकै अप्ठ्यारो भएपनि हल निक्लिन्छ भन्ने विश्वास मैले लिएको छु । र, अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’

सडक आन्दोलन तथा धर्नातिर संकेत गर्दै उनले अरु नेता कार्यकर्ताले पनि हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताए । हतारमा गरे फुर्सदमा पछाउनुपर्ने भन्दै उनले कार्यकर्तालाई भनेका छन्, ‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन्नुस् । पार्टीका कार्यदिशा, विधानको पक्षमा उभिनुस् ।’

Facebook Comments